फोटो कथा

बागमती ड्याम

सर्लाहीको बागमती नगरपालिका–११ कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम । यस ड्यामबाट निकालिएको नहरबाट दुवै जिल्लामा सिँचाइ हुँदै आएको छ । अहिले वर्षा नहुँदा यस सिँचाइ आयोजनाअन्तर्गत

भैरवकुण्ड

रसुवाको उत्तरीपूर्वी भागमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने प्रसिद्ध तीर्थस्थल भैरवकुण्ड । तस्बिरः कमलकुमार बस्नेत/रासस

राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित कलाकार

चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति कार्यालयमा सोमबार आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा सम्मानित हुनुभएका कलाकारद्वय अभिनेता विजय वराल, प्रदीप खड्का र अभिनेत्री उपासनासिंह ठकुरी । तस्बिर : भेषराज कार्की/रासस

गणेशमान ताल

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र सिरहाको सीमामा पर्ने कमला नदी किनारमा अर्थात गणेशमान चारनाथ नगरपालिका -८ पोर्ताहामा निर्माणाधीन अवस्थामा रहेको गणेशमान ताल। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

तस्बिरमा हेर्नुहाेस् ‘ढुकुर जाेडी’

मोरङको सुन्दरहरैचा नगरपालिकाद्वारा आइतबार विराटचोकमा आयोजित उत्कृष्ट दम्पती ‘ढुकुर जाेडी‘ सम्मान कार्यक्रममा नगरका १२ उत्कृष्ट जोडी सम्मानित भएपछि मोरङको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाइँ साथ सामूहिक तस्बिरमा। तस्बिर/रासस

भानुजयन्ती समारोहमा सलामी दिँदै विद्यार्थी

तनहुँको भानु नगरपालिका–४ चुँदी रम्घाबेँसीमा आइतबार आयोजित २१२औँ भानुजयन्ती समारोहमा सहभागी अतिथिहरुलाई सलामी दिँदै ग्रिन आर्मीमा आबद्ध चन्द्रावती माध्यमिक विद्यालयका विद्यार्थी । तस्बिरः कृष्ण न्यौपाने/रासस

राउटे समुदाय

सुर्खेतको लेकवेसी नगरपालिका–१०, झुप्राखोलामा बसेका घुमन्ते जीवन बिताइरहेका राउटे समुदाय । लोपोन्मुख राउटे समुदाय दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा बसोबासका लागि डुलिरहन्छन् । तस्बिरः सुरेश आचार्य/रासस

काठबाट निर्मित घरेलु औजार बिक्री गरिँदै

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शनिबार लागेको हाटमा काठबाट निर्मित घरेलु सामग्री बिक्री गर्दै उद्यमी । तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रधानमन्त्री ओली-जग्गा धनीपूर्जा वितरण

प्रधानमन्त्री केपी शर्मा ओली भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा शनिबार आयोजित झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे

थापाथलीस्थित राष्ट्र बैङ्कको नवनिर्मित भवन

काठमाडौँको थापाथलीस्थित नेपाल राष्ट्र बैङ्कको नवनिर्मित भवनको हालसालै खिचिएको दृश्य । नेपालको केन्द्रीय बैङ्कको रूपमा रहेको नेपाल राष्ट्र बैङ्कले आज मौद्रिक नीति जारी गरेको छ । तस्बिर : सुबास ढुंगाना/रासस