
कास्कीको पोखरा महानगपालिका-१५ नयाँ गाउँबाट सोमबार देखिएको माछापुच्छ्रे हिमालसहित आसपासको रमणीय दृश्य । तस्बिर : राम थापा/रासस

नेपाल विद्युत् प्राधिकरण मस्र्याङ्गदी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाले आयोजनाबाट प्रभावित आँबुखैरेनी गाउँपालिकाका वडा नं २, ३, ४ र ५ का १२ वटा सामुदायिक विद्यालयलाई १५ वटा कम्प्युटर हस्तान्तरणपश्चात

वीरगञ्जको घण्टाघर चोकमा मुस्लिम समुदायले आइतबार मोहर्रम पर्व मनाउँदै । सो क्रममा मुस्लिम समुदायका युवाहरुले लठ्ठीका विभिन्न कला प्रदर्शन गरेका थिए । तस्बिरः हिमाल लम्साल/रासस

बौद्ध आसपसबाट आइतबार साँझपख घाम डुब्न लाग्दा देखिएको बौद्ध स्तुपाको दृश्य । तस्बिरः प्रदीपराज वन्त/रासस

तनहुँको व्यास नगरपालिका-६ स्थित साँगेफाँट । खेतीयोग्य जमिनको रुपमा उपयुक्त साँगेफाँटमा यतिबेला किसानालई रोपाइँको चटारो छ। तस्बिर : सागर गिरी / रासस

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित डुम्मरगाउँको राप्ती मौरी पालन केन्द्र परिसरमा मौरीको हेरचाह गर्दै किसान दीपकुमार बुढामगर। उहाँका अनुसार मौरीपालनका लागि आवश्यक वनस्पति र हावापानीको हिसाबले दाङ उपत्यका उपयुक्त क्षेत्र मानिन्छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसान चैते धान थेसिङ गर्दै । चैते धान भित्र्याए लगत्तै बर्खे धान रोप्न किसानलाई चटारो परेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित ऐतिहासिक र पर्यटकीय गाउँ मार्फामा साइकलमा रमाउँदै विदेशी पर्यटक । मुस्ताङको सुन्दरता र मनमोहक पर्यटकीय स्थानहरुसँग नजिक भएर रमाउनका लागि पछिल्लो समय विदेशी पर्यटकहरु साइकलमार्फत रमाउने

मोरङको रतुवामाई–१० मा रहेको राष्ट्र निर्माण सेकेण्डरी स्कुल परिसरमा निर्माण गरिएको धरहराको प्रतिमा । शिक्षासँगै सिर्जनशीलता र राष्ट्रिय गौरवको प्रतीकका रूपमा विद्यालयमा निर्माण गरिएको यस धरहराले आकर्षण थपेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१७, चौघेरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गोरक्ष पात्र देवता श्री सिद्ध रत्ननाथ मठ । मठमा परापूर्वकालदेखि अहोरात्र तान्त्रिक विधिबाट पात्रदेवताको पूजा–आराधना हुँदै आइरहेको छ । तस्बिर :