
सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि विराटनगरद्वारा शुक्रबार विराटनगरमा आयोजित १४औँ स्थापना दिवसमा चार जना सञ्चारकर्मी निशा दाहाल, अनिल श्रेष्ठ, बन्धु पोखरेल र सुभाष ढकाललाई नगदसहित पुरस्कृत । तस्बिरः मनोज दाहाल

सिन्धुलीको महाभारत पहाडस्थित फिक्कल भ्यूटावरबाट देखिएको फिक्कल अस्पताल र मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्डमा पर्ने फिक्कल गाउँपालिका–३ कार्यालयको भवन । तस्बिरः प्रदीपराज वन्त/रासस

तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङका एक वृद्ध छत्री बुन्दै । गाउँघरमा घाममा काम गर्दा घाम छेक्न प्रयोग गरिने छत्रीको प्रयोग पछिल्लो समय कम हुँदै गएको छ । तस्बिर: कृष्ण न्यौपाने/ रासस

रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा घुम्न पुगेका आन्तरिक पर्यटकहरु । मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३

मुस्ताङको लोघेकर दामोदरकुण्ड-१ चराङमा अवस्थित ऐतिहासिक चराङ गुम्बा । भीरको टुप्पोमा अवस्थित यस गुम्बामा आर्थिक अवस्था कमजोर भएका बालबालिका अध्ययन गर्छन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ नजिकै रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कमा रमाउँदै आन्तरिक तथा बाह्य पर्यटक। अफसिजन लागे पनि छिमेकी देश भारतबाट भने मुस्ताङ घुम्न र मुक्तिनाथ मन्दिर दर्शन गर्न पर्यटकहरू

वीरगञ्ज महानगरमा पानीको अभाव भएसँगै दीर्घकालीन खानेपानीको समस्या समाधानको माग गर्दै जनमत महिला सङ्घ पर्साले बुधबार वीरगञ्ज घण्टाघर परिसरमा बाल्टी, माटाको विभिन्न भाँडा बोकी विरोध प्रदर्शन गर्दै । तस्बिरः हिमाल

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई सम्मान तथा पुरस्कार प्रदानपछि खेलाडीसँग । तस्बिर/रासस

नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा मङ्गलबार बिहान फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिँदै । काठ टिप्न जाने क्रममा फसेका स्थानीय ५६ वर्षीय पाल्देन तामाङ र उहाँको

प्रधानमन्त्री केपी शर्मा ओली रसुवामा सोमबार राति आएको बाढी र पहिरोले क्षति पुर्याएपछि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुहुँदै । तस्बिर /रासस