फोटो कथा

दिमालुङ स्मारक उद्यान

भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माण भएको दिमालुङ स्मारक उद्यान । किराँत संस्कृतिको संरक्षण गर्दै पर्यटन क्षेत्रको विकासको लागि यहाँउद्यान निर्माण गरिएको हो । तस्बिरः युवराज विष्ट/रासस

सिंगारिएको लक्ष्मी सागरको दृश्य

महोत्तरी जिल्लाको मटिहानी-७ स्थित धार्मिक, ऐतिहासिक एवं पौराणिक लक्ष्मी सागरमा श्रीलक्ष्मीनारायण भगवान्को साप्ताहिक सन्ध्या आरतीको पाँचौं वार्षिकोत्सवका लागि सिंगारिएको लक्ष्मी सागरको दृश्य । तस्बिरः मो. इसराफिल राई /रासस

पक्कीपुल नभएपछि झोलुङ्गेपुलको प्रयोग

सङ्खुवासभाको खादबारी नगरपालिका-९ र भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका जोड्ने सतिघाटस्थित अरुण नदीको झोलुङ्गेपुलबाट सामान ओसादै सर्वसाधारण । अरुण नदीमा पक्कीपुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि भरियामार्फत सामान ढुवानी गर्नुपर्ने

बुकीपाटन पुगेर उपत्यकातर्फ फर्कदै आन्तरिक पर्यटक

नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्रअन्तर्गत पर्ने बागलुङको ढोरपाटन उपत्यकाबाट चार हजार मिटरको उचाईमा रहेको समथर बुकीपाटन उपत्यकातर्फ फर्कदै आन्तरिक पर्यटक । पछिल्लो समय ढोरपाटन पुगेका पर्यटकहरु पदयात्रामार्फत बुकीपाटन पुग्न थालेका

सप्तकोशीले बगाएर ल्याएको दाउरा टिप्दै

पूर्वी पहाडी जिल्लाबाट सप्तकोशीले बगाएर ल्याएको दाउरा स्थानीयहरू जोखिम मोलेर नदीबाट टिप्दै दैनिकी जीविकोपार्जन र आर्थिक स्रोतको जोहो गर्दै स्थानीय स्थानीय बासिन्दा।तस्बिरः ध्रुव ढकाल/रासस

फूलमा रमाउँदै आन्तरिक पर्यटक

नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्रअन्र्तगत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित सुन्दर ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फूलमा रमाउँदै आन्तरिक पर्यटक । ढोरपाटन उपत्यका अहिले रङ्गीबिरङ्गी फूलले सजिएपछि पर्यटकको घुइँचो लागेको छ ।

नाच प्रस्तुत गर्न सहभागी झाक्री

रुकुम पुर्वको भुमे गाउँपालिका-१ लुगुममा शनिबार झाक्री मेलामा नाच प्रस्तुत गर्न सहभागी झाक्रीहरु । हरेक वर्ष साउनको पहिलो हप्तामा मङ्गलबार र शनिबार जुन दिन पहिला पर्छ त्यसै दिन झाक्री मेला

नदीमा पौडी खेल्दै बालकहरु

गर्मी बढेसँगै सर्लाहीको धनकौल गाउँपालिका–४ महिनाथपुरस्थित मनुष्मारा नदीमा पौडी खेल्दै रमाउँदै बालकहरु । यहाँ वर्षा नहुँदा अत्याधिक गर्मी बढेको छ । तस्बिर: विश्वनाथ ठाकुर / रासस

लोकोबाङ्गे बाजा बजाइँदै

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बडहरा रातमाटामा रोल्पाली उवा घुसबाङ खाम समाज दाङले आयोजना गरेको राँके तिवार पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा शनिबार मौलिक लोकोबाङ्गे बाजा बजाउँदै समाजका स्थानीय । राँके

राजीताल

कैलालीको गोदावरी नगरपालिका–४ चुरे क्षेत्रमा पर्ने बन्दगडामा रहेको ऐतिहासिक महत्व बोकेको राजीताल । तस्बिर: मीन ठकुरी/रासस