फोटो कथा

नदीमा पौडी खेल्दै बालकहरु

गर्मी बढेसँगै सर्लाहीको धनकौल गाउँपालिका–४ महिनाथपुरस्थित मनुष्मारा नदीमा पौडी खेल्दै रमाउँदै बालकहरु । यहाँ वर्षा नहुँदा अत्याधिक गर्मी बढेको छ । तस्बिर: विश्वनाथ ठाकुर / रासस

लोकोबाङ्गे बाजा बजाइँदै

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बडहरा रातमाटामा रोल्पाली उवा घुसबाङ खाम समाज दाङले आयोजना गरेको राँके तिवार पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा शनिबार मौलिक लोकोबाङ्गे बाजा बजाउँदै समाजका स्थानीय । राँके

राजीताल

कैलालीको गोदावरी नगरपालिका–४ चुरे क्षेत्रमा पर्ने बन्दगडामा रहेको ऐतिहासिक महत्व बोकेको राजीताल । तस्बिर: मीन ठकुरी/रासस

नृत्य प्रस्तुत गर्दै नेपाली कलाकार

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनको आयोजनामा भएको ‘नेपाल–चीन सांस्कृतिक सम्मेलन– २०२५’ मा नृत्य प्रस्तुत गर्दै नेपाली कलाकार। तस्बिरः रत्न श्रेष्ठ /रासस

ढोरपाटन

नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र अन्तरगत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा चर्दे गरेका घोडा । यतिबेला रङ्गीचङ्गी फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको

श्रावणी मेलामा सहभागी भक्तजन

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आजदेखि सुरु भएको ३८ दिने श्रावणी मेलामा सहभागी भक्तजन । तस्बिरः रमेश गिरी/रासस

बादलकाे घुम्टाेले छाेपिएकाे भच्चेक बजार

गोरखाको अजिरकोट गाउँपालिका-३ मा अवस्थित सिरानडाँडाबाट देखिएकाे बादलकाे घुम्टाेले छाेपिएकाे भच्चेक बजार र आसपासको दृश्य । छिनमै बदलिरहने मौसमले यस स्थानमा पर्यटकहरु आउने गर्दछन् । तस्बिर : सागर गिरी/रासस

महिला पुरुष देउडाकर्मी

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा जुम्ली एकता सेवा समाजको सहकार्यमा सिंजा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित ‘देउडा विशेष कार्यक्रम’मा महिला पुरुष सामूहिक रुपमा देउडा

मोटरसाइकलबाट निकालिएका साइलेन्सर

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिएर त्यसका साइलेन्सर परिवर्तन गराउने कार्यअन्तर्गत दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा जाँच गर्दै सङ्कलन गरेको साइलेन्सरहरू। ट्राफिक प्रहरीले आज पत्रकार सम्मेलनमार्फत ९२

खेत रोप्न धानको बीउ उखेल्दै कामदारहरु

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङ्गौरा क्षेत्रमा रहेको स्वर्गद्वारी आश्रम प्युठानको गुठी जग्गामा धानको बीउ उखेल्दै कामदारहरु। असारको अन्तिम सातासम्म पनि दाङमा पर्याप्त वर्षा नभएका कारण करिब २० प्रतिशत धान रोपाइँ