
सिरिजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजङ्घा हिमालको दक्षिण आधारशिविर क्षेत्रमा आरोहणका लागि जाने पर्यटकहरूका सामग्री बोकेर हिँड्दै गरेका भरिया । तस्बिर/ रासस

सुनसरीको देवानगन्ज गाउँपालिकाको साहेवगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको जङ्गे पिलरमा सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी । भारत–पाकिस्तानको द्वन्द्व बढेसँगै सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता अपनाएको छ । तस्बिर: नवीन

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडकखण्ड विस्तार तथा स्तरोन्नतिको क्रममा सिरहाको लहानस्थित मुख्य चोकमा निर्माणाधीन ‘ओभरपास’ । कञ्चनपुर–कमला चार लेनको सडक विस्तार तथा स्तरोन्नतिको ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२

लमजुङको मध्यनेपाल नगरपालिकामा अर्घुम नाच प्रस्तुत गर्दै गुरुङ समुदाय । तस्बिरः देवेन्द्र गुरूङ/रासस

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहरास्थित पूर्व पश्चिम राजमार्ग छेउमा बिक्रीका लागि तरबुजा राखेर उपभोक्ताको प्रतिक्षामा बसेका मुक्त कमैया परिवारका व्यक्तिहरु । सिजनमा वनहरा नदीको बगरमा उत्पादन गरेको तरबुजा, लौका, फर्सी, मुला

इलाका प्रहरी कार्यालय भानुका प्रहरीलाई मङ्गलबार अग्नि नियन्त्रकसम्बन्धी प्रशिक्षण दिएपश्चात् भानु नगरपालिकाले सहयोगस्वरुप प्रदान गरेको नौ थान अग्नि नियन्त्रकका साथमा सुरक्षाकर्मी । तस्बिर:कृष्ण न्यौपाने/रासस

हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने अधुरो कमला पुलसम्म जान बनाइएको बाँसको पुलबाट जोखिमपूर्ण यात्रा गर्दै स्थानीयवासी । यहाँ मोटरसाइकल सञ्चालन र सर्वसाधारण आवतजावतका लागि निर्माण गरिएको अस्थायी बाँसको पुल

सुनसरीको इनरुवा नगरपालिका-९ मा देखिएको सेताे साँवरी (ब्लाक हेडेड आइबिज) चरा । तस्बिरः नवीन गड्तौला/रासस

राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसका अवसरमा सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा पुरस्कृत व्यक्तित्वहरु सामूहिक तस्बिरमा । तस्बिरः नवीन पौडेल/रासस

मुगुको छायाँनाथ रारा नगरपालिकास्थित रारा राष्ट्रिय निकुन्ज भित्र रहेको रारा ताल र तालकोे किनारमा चर्दै गरेका भेडा । तस्बिर : हेमन्त केसी/रासस