
काठमाडौँको विश्वज्योती सिनेप्लेक्समा आज आयोजित पत्रकार सम्मेलनमा चलचित्र ‘तान्डवम्’को विषयमा जानकारी दिनुहुँदै अभिनेता अङ्कित खड्का, जुनिम गहतराज, सरिना मगर लगायत । तस्बिर : भेषराज कार्की/रासस

शुक्लाफाँटा नगरपालिका–२ का किसानको खेतबाट आहाराका लागि पाक्दै गरेको तोरी चुच्चोमा च्यापेर उड्दै गरेको टुँइसी प्रजातिका सुगा । यहाँ गहुँ, तोरी मटरलगायतका बाली पाक्ने बेला सुगाले निकै सताउने गरेको किसान

दैलेखको नारायण नगरपालिका–६ भूर्तिमा रहेको ऐतिहासिक पञ्चदेवल। विश्वसम्पदामा सूचीकृत पञ्चदेवल जीर्णोद्वारको पर्खाइमा छ। तस्बिरः सुरेश आचार्य/रासस

कैलालीको धनगढीमा आजदेखि सुरू भएको दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटकाे उद्घाटन समाराेहमा मुङ्ग्रा नाच प्रस्तुत गर्दै कलाकार। तस्बिर: विनाेद सिंह विष्ट / रासस

स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समिती दाङ देउखुरीले माघ २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका स्वर्गद्वारी गुठीका मोही किसानको समर्थनमा आइतबार दाङको घोराहीमा निकालेको बृहत् पदयात्रामा सहभागी मोही किसान

पाल्पाको रामपुर नगरपालिकामा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको तीस किलो तौल भएको रु एक लाख एघार एक सय ११ मुल्य पर्ने खुकुरी । सन्तोष विश्वकर्माले तयार

नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा शनिबार दीपक समीरद्वारा लिखित पुस्तक ‘मुना मदनको डिभोर्स पार्टी’ को लोकार्पण गर्नुहुँदै सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार गीता

मनाङमा सेताम्मे हिउँले भरिभराउ हुने अहिलेको मौसममा हिमपात नहुँदा बगर उराठ मरुभूमि जस्तै देखीएको ङिस्याङ आसपासको दृश्य । तस्बिर : नवीन लामिछाने/रासस

दाङको घोराही उपमहानगरपालिका–६ स्थित लख्वारबाट घोडालाई बोकाएर घोराही बजारमा चामल बिक्री गर्न आएका किसान । तस्बिरः कुलदीप न्यौपाने /रासस

बेलायती सेनामा औपचारिक रुपमा प्रवेश गरेका नेपाली युवाहरु पोखरामा शुक्रबार आयोजना गरिएको वार्षिक प्रमाणिकरण परेडमा गोर्खा सेनाको ब्रिगेड ब्यान्ड प्रस्तुत गर्दै। तस्बिरः कृष्ण दवाडी/ रासस