
तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित शुक्रबार सालको पातबाट टपरी बुन्ने सीप सिक्दै अमरज्योति माध्यमिक विद्यालयका विद्यार्थी । विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई विभिन्न सीप सिकाइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने

नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी बिहीबार ललितपुरको गोदावारीस्थित राष्ट्रिय वनस्पति उद्यानको अतिविशिष्ट वृक्षरोपण क्षेत्रमा ‘सुन चाँप’को बिरुवा रोपण गर्नुहुँदै । बेलायतका

नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार ड्युक अफ एडिनबरा एडवार्डसहितको टोलीले बुधबार भक्तपुरको सम्पदा क्षेत्र अवलोकनको क्रममा यहाँको ऐतिहासिक सम्पदाको बारेमा जानकारी लिनुहुँदै । तस्बिर: रमेश गिरी / रासस

सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरस्थित वन चरन क्षेत्रबाट गोठतर्फ फर्किदै गरेका गाईवस्तु । पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दो छ । तस्बिर: सिङ्गबहादुर थापा/रासस

नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतको अधिराजकुमारी डचेस सोफीलाई काठमाडौँको कीर्तिपुर आँखा अस्पतालमा स्वागत गर्दै नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र । तस्बिर सौजन्यः नेपाल नेत्रज्योति सङ्घ/रासस

सङ्खुवासभाकाे मादी नगरपालिका -४ स्थित देव ढुङ्गामा जाेहाे गरेर राखेको मकैकाे थाङ्ग्रो । पछिल्लो समय मकैको थाङ्ग्रो लगाउने प्रचलन लोप हुँदै गएको छ । तस्बिर : भविन कार्की / रासस

सिजन मिडियाद्वारा मङ्गलबार साँझ आयोजना गरिएको ‘मिसेस ब्युटी क्वीन’ नेपाल २०२५को विजेता वर्षा कुँवर, ‘फष्टरनरअप’ करुना विक ,’सेकेन्ड रनरअप’ रिन्जु कुसवाह, ‘थर्ड रनरअप’ सिवानी मित्र, ‘फोर्थ रनरअप’ उर्मीला कनौजिया मगिया

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङ क्षेत्रस्थित तमोर नदीको उद्गमस्थलमा जमेको हिउँ । समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको यस क्षेत्र नेपाल–चीन सीमाबाट बग्ने तमोर नदीको सुरूवाती बिन्दु हो

प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान शुभारम्भका क्रममा खोप

नेपाल—चीन सीमाको ५,१०० मिटर उचाइमा अवस्थित ताप्लेजुङस्थित टिप्ताला भञ्ज्याङमा गत बिहीबार पहिलो पटक मोटरसाइकल यात्रा गर्दै सिरिजङ्घा गाउँपालिकाका प्रविधिक चन्द्र माबो। नेपाल, भारत, र चीनलाई जोड्ने तमोर कोरिडोरमार्फत यहाँ पुग्न