
चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा तमोरकलीले जन्माएको छावासँगै पूर्व संरक्षण अधिकृत रामप्रित यादव । उहाँकै सम्मानमा छावाको ‘न्वारन’ गरेर नाम रामप्रितगज राखिएको छ । तस्बिरः कृष्ण

पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा बोटिङमा रमाउँदै पर्यटक । गर्मी बढेसँगै फेवातालमा बोटिङ गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तस्बिरः राधिका कँडेल/रासस

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीमा पर्ने पर्यटकीयक्षेत्र चखेवा । सो स्थलबाट मध्य पहाडी लोकमार्ग विस्तार भएकाले पर्यटकको आवागमन बढेको छ । तस्बिरः युवराज विष्ट/रासस

बागलुङको ढोरपाटन – ९ स्थित फाटँमा चरिरहेका घोडा । तस्बिरः सर्जना कार्की/रासस

रङ्गीचङ्गी फूलहरूले सजिएको रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला। ठुलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन् । तस्बिर : कुलदीप न्यौपाने / रासस

ड्रोन क्यामराबाट खिचिएको तनहुँ सदरमुकाम दमौली बजार र आसपासको दृश्य । तस्बिरः सागर गिरी/रासस

उदयपुरको त्रियुगा नगरपालिका ११ मा उत्पादित उदयपुर सिमेन्टका लागि उत्तरी भेगको सुकौराबाट चुनढुङ्गा ढुवानी गर्ने रोपवेहरु लामो समयदेखी सञ्चालनमा नआएपछी जीर्ण वन्दै गएका छन् । विसं २०४४ सालमा जापान सरकारको

धनगढी उपमहानगरपालिका–८ गुरही चोकमा निर्माण गरी सिँगारिएको गुरही ‘गाइने किरा’ को मूर्ति । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने गुरही आज कैलाली र कञ्चनपुरमा उल्लासपूर्वक मनाइँदैछ । तस्बिरः मीन ठकुरी/रासस

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा रहेको नागदेवी मन्दिर । तस्बिरः मणिराम दाहाल/रासस

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ स्थित खेतमा रोपाइँ गर्न धानको बीउ काढ्दै रोपारहरु । वर्षायाम सुरु भएसँगै अहिले जिल्लामा धान रोपाइँको चटारो बढेको छ भने जिल्लामा हालसम्म ७८ प्रतिशत