फोटो कथा

निर्माणाधीन त्रिवि क्रिकेट मैदान

काठमाडौँको कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि क्रिकेट मैदान । समयमा काम नसक्दा ठेकेदार कम्पनीले आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्दै आएको छ । तस्बिर : गोपाल दाहाल/रासस

इन्द्रेणी

जुम्ला सदरमुकाम खलङ्गा बजारबाट बुधबार देखिएको बादलमा लागेको इन्द्रेणी । तस्बिर : विजय रावत/रासस

याक चिज

शे फोक्सुण्डो गाउँपालिका–५ भिजेर मुक्पोरोङमा हिमाल याक दूध डेरी फर्मले उत्पादन गरेका याक चिज । चिज प्रतिकिलो रु एक हजार ८०० मा बिक्री हुने गर्दछ । तस्बिरः हेमन्त केसी/रासस

घोडाबाट दूध ढुवानी गर्दै कृषक

दूध बिक्रीका लागि घोडालाई बोकाएर डेरीसम्म लैजाँदै इलाम सूर्योदय नगरपालिका–३ जिलगाउँका कृषक। यस क्षेत्रका कृषकहरुले विगत लामो समयदेखि दूध बोकाउन घोडा प्रयोग गर्दै आएका छन् । तस्बिरः रामकुमार लिम्बू/रासस

शपथ ग्रहण

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आज नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै। नेपाली कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङ । नेकपा (एमाले)का तर्फबाट मधुसूदन पौडेल, जयराम थापा,

राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार काठमाडौँको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेका सम्पदाको अवलोकन गर्नुहुँदै।तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय/रासस

निःशुल्क स्वास्थ्य परीक्षण गराउँदै बालिका

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित श्री सिद्धार्थ आधारभूत विद्यालयमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउँदै सोही विद्यालयमा अध्ययनरत एक बालिका । तस्बिरः रविन्द्र

तोक्पेगोला बस्ती

समुद्र सतहदेखि करिब चार हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला बस्ती । हिमाली क्षेत्रको यो बस्तीमा ढोक्प्या (शेर्पा) समुदायको परम्परागत बसोबास क्षेत्र हो । तस्बिरः दिलकुमार लिम्बू/रासस

लाम पोखरी

समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, लोदेन क्षेत्रमा रहेको लाम पोखरी । उच्च हिमाली क्षेत्रमा फैलिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पोखरी यस भेगमा आउने पर्यटकका

थाँक्रोमा राखिएको मकै

लमजुङको मध्यनेपाल नगरपालिकाको वडा नं ६ का किसान जीतबहादुर भुजेलको आँगनमा सुरक्षित तरिका अपनाएर थाँक्रोमा राखिएको मकै । मकैमा घुन, पुतली र कीरा नलागोस् भनेर थाक्रोमा राखिएको हो । यसरी