देश

काभ्रेमा पनि कर्फ्यु

बनेपा। काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाइएको हो । बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि अहिले प्रशासनले कर्फ्यु लगाएको हो । काभ्रे

काठमाडौं उपत्यकाका प्रहरी प्रमुख फेरिए, एआईजी कार्की आउदैँ

काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालयक प्रमुख फेरिएका छन् । यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीआईजी ओम रानाको ठाउँमा एआईजी दानबहादुर कार्कीलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। एआईजी

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा छिरे प्रदर्शनकारी

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज देशभर आन्दोलन भइरहेको हो । अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन्। सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचना भएको छ। उनले भने

सिंहदरबार–संसद् भवनको सुरक्षा कडा, नेपाली सेना खटाइयो

काठमाडौँ । सिंहदरबार र संसद् भवनको सुरक्षा सुदृढ गर्न नेपाली सेना रातिदेखि नै खटिएको छ । राजधानीमा जारी प्रदर्शन र आन्दोलनको अवस्थामा सुरक्षा व्यवस्थापन कडा बनाउने उद्देश्यले सेना परिचालन गरिएको

जेनजी प्रदर्शन : देउवा निवासमा तोडफोडको प्रयास

काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा तोडफोडको प्रयास गरेका छन्। बिहान प्रदर्शनकारीहरू देउवा निवासतर्फ अघि बढेका थिए, तर प्रहरीले कृष्णपाटी चोकमा रोक्ने प्रयास गरेको थियो

विपक्षी दल : प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ

काठमाडौं । विपक्षी दलहरूले सरकारले नागरिकमाथि बर्बर दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने ठहर गरेका छन्। प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान बोलाएको

प्रधानमन्त्रीको राजीनामा माग्दै विश्वप्रकाशले भने – जेनजीसहितको नवीन राष्ट्रिय सहमति निर्माण गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले आन्दोलनका क्रममा अबोध युवाहरूको ज्यान गएको घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै

माओवादी अध्यक्ष प्रचण्डको निवासमा तोडफोड

काठमाडौँ, भदौ २४ । प्रदर्शनकारीहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा तोडफोड भएको छ । प्रचण्डको खुमलटारस्थित निवासमा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका हुन् । काठमाडौं उपत्यकामा जेन–जीको

प्रदर्शनकारीहरुले गरे सञ्चारमन्त्रीको घरमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूले ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री गुरुङको निवासमा आगजनी गरेका हुन् । आन्दोलनकारीहरूले प्रहरीको घेरा तोड्दै निवास परिसरमा प्रवेश गरेर ढुंगामुढा