
राष्ट्रिय बाणिज्य बैक भोजपुरले सदरमुकाम देखि दक्षिणमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारलाई सोमवार कम्वल सहयोग गरेको छ ।

पिकअप भ्यानको ठक्करबाट गए राति झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ ।

कावेली करिडोर १३२ केभी प्रसारण लाइनअन्तर्गत फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

भोजपुर सदरमुकामको भोटेपसलमा मंसिर ५ गते लागेको आगोलागीबाट पिडित परिवारलाई भोजपुर बिराटनगर सेवा समाज समितिले शुक्रवार बिहान राहत रकम हस्तान्तरण गरेको छ । आगलागीबाट पूर्णरुपमा ८ र एउटा आंशिकरुपमा घर

भोजपुरको जरायोटार ३ मा बुधबार सहचालकले चलाएको टिपरले किचेर चालकको मृत्यु भएको छ ।

भाेजपुर, माघ ६ मृग ठानेर गाेली चलाउँदा अाफ्नै साथीकाे मृत्यु भएपछि भाेजपुरमा एक जना प्रकाउ परेका छन् । दाेभाने गाविस ८ का ४७ बर्षिय मदनबहादुर रार्इ प्रकाउ परेका हुन् ।

खोटाङ, माघ २ भूकम्प गएको २० महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनःनिर्माणका लागि सर्वेक्षणका सुरु गरिएको हो । जिल्लाका

इटहरी, माघ १ सुनसरीको पश्चिमी क्षेत्र हरिपुर–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख २९३१

सुदीप अधिकारी चौकीडाँडा, (भोजपुर) पुस २९ यहाँको जाल्पा उच्च माबीले आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा भब्य रुपमा हिरक जयन्ती मनाएको छ। हिरक जयन्ती मुल समारोहको उद्घाटन पूर्व संस्कृति, पर्यटन