फोटो कथा

एचपिभी खोप अभियान शुभारम्भ

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का कैलालीको धनगढीस्थित शारदा माध्यमिक विद्यालयको खोप केन्द्रमा खोप लगाएकी बालिकालाई खोप कार्ड दिएर सुदूरपश्चिममा एचपिभी खोप अभियान शुभारम्भ गर्नुहुँदै । तस्बिरः विनोदसिंह विष्ट/रासस

विद्यार्थीसँग प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुलद्वारा सोमबार आयोजित ‘युवा अन्तरक्रिया कार्यक्रम’मा सहभागीका क्रममा विद्यार्थीसँग । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

चित्लाङ

मकवानपुरको थाहा नगरपालिका-९ स्थित चित्लाङ । चित्लाङमा थुप्रै पौराणिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन् जसले यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आकर्षित गरिरहेका छन्।यहाँ पर्यटकका लागि घरवास होमस्टे

सरस्वतीको मूर्ति

आज सोमबारको सरस्वती पूजालाई लक्षित गर्दै सप्तरीको राजविराजमा कालिगडले बनाएका विद्याकी देवी सरस्वतीको मूर्ति । तस्बिर : अरुणकुमार यादव/रासस

विद्यार्थीलाई पोसाक

पौवादुङमा गाउँपालिका–५ मा रहेको सानोदुम्मा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पोसाक (ट्रयाक सुट) वितरण । वडा कार्यालयले यहाँ अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गरेको हो । तस्बिरः युवराज विष्ट÷रासस

दामन भ्यू टावर घुम्न आएका पर्यटक

मकवानपुर जिल्लाको थाहा नगरपालिका-४ मा अवस्थित पर्यटकीय क्षेत्र दामनस्थित भ्यू टावरमा आइतबार घुम्न आएका पर्यटक। समुद्री सतहबाट २ हजार ३ सय २२ मिटर उचाईमा रहेको टावरबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ

सोनाम ल्होसारका तस्बिरहरू

राष्ट्रिय सोनाम ल्होसार मूल समारोह समितिले बिहीबार टुँडिखेलमा आयोजना गरेको सोनाम ल्होसार कार्यक्रममा परम्परागत पोशाकमा सजिएर सहभागी हुँदै तामाङ समुदाय ।

सेतोकण्ठे माटिकोरे

सुनसरीको इनरुवा नगरपालिका–३ मा देखिएको सेतोकण्ठे माटिकोरे चरा । एक हजार ३०० मिटरभन्दा तल पाइने यो चरा धानखेत, खोलाखोल्सी तथा सिमसार क्षेत्रमा बस्न रुचाउँछ । तस्बिरः नवीन गड्तौला/रासस

कालिकोटको लाफा गाउँ

कालिकोटको पचालझरना गाउँपालिका-४ स्थित कर्णाली नदी किनारमा रहेको लाफा गाउँ । तस्बिर : सुरेश आचार्य / रासस

त्रिशूली नदी तर्दै भक्तजन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने देवघाटधामस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा मकर स्नान गर्न जानका लागि र्‍याफ्टिङ डुङ्गाबाट त्रिशूली नदी तर्दै भक्तजन । तस्बिरः टेकराज पोखरेल/रासस