फोटो कथा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ गर्न आएका आफन्तको भीड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार वैदेशिक रोजगारका लागि विदेश जान आएका यात्रुलाई बिदाइ गर्न आएका आफन्तको भीड । यो विमानस्थलबाट रोजगारका लागि दैनिक सयौँको सङ्ख्यामा नेपालीहरु विदेश जाने गर्दछ्न् । तस्बिर

झाँकी र्‍यालिमा सहभागी स्थानीय

पाल्पाको रामपुर नगरपालिकामा चाैथाे रामपुर महाेत्सव, कृषि एवम् व्यापार मेलाकाे मङ्गलबार उद्घाटनका अवसरमा निकालिएको सांस्कृतिक झाँकी र्‍यालिमा सहभागी हुँदै स्थानीय । तस्बिर: सुशीला रेग्मी/रासस

नेपालमै पहलोपटक राशन कार्ड र राशन वितरण गरिँदै

मोरङको पथरी शनिश्चरे नगरपालिका–२ ले विपन्न परिवार छनोट गरी राशन र राशन कार्ड वितरण गर्न सुरु गरिँदै । वडाले माघ महिनाबाट वडाका २० विपन्न परिवारलाई छनोट गरी राहात वितरण सुरु

प्रधानमन्त्री ओली, देउवा

प्रधानमन्त्री केपी शर्मा ओली साेमबार प्रधानमन्त्री निवास, बालुवाटारमा सङ्घीय संसद्को आशन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्नुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय /

काउली बिक्रीका लागि वीरगञ्ज ल्याउँदै

बाराको फेटा गाउँपालिका किसानले उत्पादन गरिएको काउली बिक्री गर्नका लागि साइकलममा राखेर वीरगञ्ज ल्याउँदै । त्यहाँ उत्पादन भएको काउली वीरगञ्जमा प्रतिकिलो १० रुपैयाँमा बिक्री हुने बताउँछन् । तस्बिरः हिमाल लम्साल/रासस

कार्यक्रममा मुख्यमन्त्री पाण्डेलगायत

मित्रराष्ट्र भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखराद्वारा आइतबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत । तस्बिरः वासुदेव पौडेल/रासस

झल्याकोटमा रमाउँदै पर्यटक

गुल्मीको धुर्काेट गाउँपालिका–१ नयाँगाउँ झल्याकोटमा रमाउँदै आन्तरिक पर्यटक (विद्यार्थीहरु) । पछिल्लो समय झल्याकोट पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्बिर/रासस

विद्यालयमै सङ्ग्रहालय

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा स्थापना गरिएको लघु सङ्ग्रहालयमा राखिएका प्राचीन वस्तु अवलोकन तथा जानकारी लिँदै विद्यार्थी । तस्बिरः हुमाकान्त पोखरेल/रासस

आहारा खोज्दै चखेवाका बथान

नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न र आहारको खोजीमा चखेवा चरा पाहुना

मन्त्रिपरिषद्को कार्यालय भवन

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन। विसंं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएपछि पुनः निर्माण गरेर कार्यालय सञ्चालनमा ल्याइसकिएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस