मुख्य समाचार

विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सरकारको जोड

काठमाडौँ । विपद्को समयमा नागरिकसम्म छिटो, भरपर्दो र प्रभावकारी रूपमा सूचना पुर्‍याउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग विपद् आपतकालीन पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणालीबारे छलफल गरेको छ।

मिटरब्याज पीडितका गुनासा सुन्न निजगढ पुगे गृहमन्त्री गुरुङ

बारा, ३० असार । गृहमन्त्री सुदन गुरुङ मिटरब्याज पीडितहरूको गुनासो सुन्न र समस्या समाधानका लागि पहल गर्न मंगलबार बाराको निजगढ पुगेका छन्। जनकपुरधामबाट न्यायको माग गर्दै काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका

सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासमा गति दिने : निर्माण व्यवसायी महासङ्घ

काठमाडौँ, ३० असार । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै यसले मुलुकको पूर्वाधार विकासलाई गति दिने विश्वास व्यक्त गरेको छ।

विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको प्रतिबद्धता

काठमाडौँ, ३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त बनाउँदै सुशासन, शैक्षिक गुणस्तर र प्राज्ञिक वातावरण सुधारमा केन्द्रित हुने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सङ्घीय संसद्बाट पारित विनियोजन विधेयक, २०८३,

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक केही बेरअघिदेखि बसेको हो । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका चार सदस्य नियुक्त

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (मंगलबार) बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ४ बजे बैठक बोलाइएको हो। सरकारका अनुसार बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका चार सदस्य नियुक्त गर्ने प्रस्तावमाथि

निजी मिडियालाई विज्ञापन नदिने सरकारी निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन वितरणका लागि लागू गरिएको ‘एकद्वार प्रणाली’ सम्बन्धी सरकारको निर्णय खारेज गरेको छ। मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त निर्णय खारेज

एमालेका प्रमुख सचेतक ऐन महलाई ज्यान मार्ने धम्की

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरलाई ज्यान मार्ने धम्की आएको छ । आजको प्रतिनिधिसभा बेठकमा समय माग गरेर बोल्दै उनले आफूलाई गोली हानेर ज्यान मार्ने धम्की आएको भन्दै

महानगरबाट सिंहदरबार र नख्खुबाट सभापति बनाउन सरकार बनेको होइन : सांसद ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले वर्तमान सरकार कुनै व्यक्तिको राजनीतिक भविष्य निर्माण गर्न नभई जनताको सेवा र समस्याको समाधान गर्न गठन भएको बताएकी छन् ।