फोटो कथा

धान रोपाइँ

अछामको ढकारी गाउँपालिका – ८ घोडासैनस्थित बसालीमा स्थानीय महिलाहरु खेतमा धान रोपाइँ गर्दै । तस्बिर : सुशील भण्डारी / रासस

आगलागी हुँदा नियन्त्रण गर्ने डेमो प्रस्तुत

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा निर्माण गरिएको हवाई इन्धन भण्डारण ट्याङ्कीमा आगलागी हुँदा नियन्त्रण गर्ने डेमो प्रस्तुत गरिँदै। तस्बिरः राधिका कँडेल/रासस

व्यवसायिक गोलभेँडा खेती

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटका गमप्रसाद फगामीले प्लास्टिक घरभित्र गर्नुभएको व्यवसायिक गोलभेँडा खेती । पूर्व वडा अध्यक्ष समेत रहेका फगामीले गोलभेँडासहित काँक्रो, करेला, ब्रोकाउली, बन्दालगायत जातका तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै

अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुहुँदै । तस्बिर /रासस

सडकमा रोपाइँ

अछामको सदरमुकाम मङ्गलसेन बजारको मुख्य सडकमा स्थानीयले रोपाइँ गर्दै । सडक मर्मतमा ध्यान नदिँदा वर्षा याममा कष्टकर यात्रा गर्नुपरेको असन्तुष्टि जनाउँदै स्थानीयले हिलाम्मे सडकमा धान रोपाइँ गरेका हुन् । तस्बिरः

ड्रागनफ्रुटको तौल लिँदै

घोराही उपमहानगरपालिका–१८ स्थित अकबरेमा किसान दिलचन बुढासहित ६ जनाले व्यावसायिक रुपमा गर्नुभएको ड्रागनफ्रुट खेतीस्थलमा बिक्रीका लागि फलको तौल लिँदै किसान । यहाँबाट किलोको रु तीन सय ५० का दरले ड्रागनफ्रुट

फोक्सुण्डो ताल

डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिकामा अवस्थित फोक्सुण्डो ताल । समुद्री सतहदेखि करिब तीन हजार ९०० मिटरको उचाइमा रहेको नेपालको सबभन्दा गहिरो ताल हो । तस्बिरः हेमन्त केसी/रासस

प्रधानमन्त्री ओली र इजिप्टका प्रधानमन्त्री माडबुलीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुलीसँग साेमबार द्विपक्षीय भेटवार्ता गर्नुहुँदै । तस्बिर साैजन्य

यसरी हुँदैछ कीर्तिपुर क्रिकेट रङ्गशालाकाे स्तरोन्नति (फाेटाे फीचर)

कीर्तिपुर नगरपालिकास्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम जारी । सहरी विकास मन्त्रालयको ४९ करोड २५ लाख ६७ हजार लागतमा स्तरोन्नतिको काम भइरहेको छ । तस्बिरहरूः रत्न

घोडामा सामग्री ढुवानी

डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालको किनारै किनारै हिँडेर गाउँपालिकाको केन्द्र रहेको वडा नं ३ साल्दाङ जाँदै गरेका घोडा । यहाँ ढुवानीको प्रमुख माध्यमका रुपमा घोडालाई